• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देउवाले देखाए उदारता, ओली र प्रचण्ड तयार होलान ?

  • खबरदाता

देउवाले देखाए उदारता, ओली र प्रचण्ड तयार होलान ?

साउन ३, २०८०

 

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रयोग गरेका छन् ।

पुरानो र सबैभन्दा ठूलो दल कांग्रेस परम्परागत भएको आरोप लाग्दै आएका बेला सभापति देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकको प्रत्यक्ष प्रशारण गरेका हुन् । नेपालमा गोप्य र कोठे बैठकको बिगविगी छ, यस्तो अवस्थामा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक नै लाइभ गर्न सुरु गरेका थिए ।तर, एक कदम अघि बढ्दै देउवाले पार्टी बैठकको छलफल सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय लिएर चकित पारे । पार्टीका बैठकमा एकथरी कुरा गर्ने तर मिडिया खपतका लागि चर्कोबोल्ने नेताका कारण आजित देउवाले यस्तो निर्णय लिएका हुन्।

नागरिकलई प्रत्यक्ष पहुँच दिएर बैठक गर्नु राम्रो हो । तर, पार्टीका सबै कुरा सञ्जालमा पोख्दा झन् खति हुने भन्दै कांग्रेसका केही नेता शसंकित छन् । केन्द्रीय सदस्य अर्जुननरसिंह केसी केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण हुनु स्वागतयोग्य रहेको बताउँछन् । राष्ट्रिय रूपमा नीतिगत कुरा गर्दा र दलगत रूपमा काम गर्दा विधेयक संसदमा आयो भने प्रत्यक्ष प्रसारण नगर्न सकिने उनको भनाइ छ ।

गत वर्ष स्थानीय चुनावको समीक्षा गर्न असार २७ देखि २ साउनसम्म केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । देउवाले अबका पार्टी बैठक लाइभ गर्लान कि नगर्लान हेर्न बाँकी छ ।तर, देउवाको यो निर्णयले अब एमाले, माओवादीसहितका राजनीतिक दललाई दबाबमा राखेको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड माथि मात्र होइन, हालै उदाएको र चर्का कुरा गर्ने रास्वपाले पनि अब के गर्छ हेर्न बाँकी छ ।

  • प्रकाशित मिति : साउन ३, २०८०, बुधवार ०६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८