• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

किशोरोमाथि करणी गरेको आरोपमा युवक पक्राउ

  • खबरदाता

किशोरोमाथि करणी गरेको आरोपमा युवक पक्राउ

साउन १, २०८०

 

रुपन्देही । रोल्पाकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङमा २६ वर्षीय युवक पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ परेका हुन् ।

उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता,प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए ।

उनलाई थुनामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : साउन १, २०८०, सोमवार २०:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८