• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दासढुंगा नजिक बस खस्दा १९ जना घाइते, भरतपुरमा उपचार हुँदै

  • खबरदाता

दासढुंगा नजिक बस खस्दा १९ जना घाइते, भरतपुरमा उपचार हुँदै

असार २९,२०८०

 

भरतपुर : नारायणगड – मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन।

चितवन प्रहरीले जनाए अनुसार आज (शुक्रवार) बिहान ५ : २० बजेको समयमा भरतपुर २९ मा पर्ने दासढुङगा नजिक उक्त दुर्घटना भएको हो।

कांकडभिट्टाबाट काठमाण्डौ तर्फ गई रहेको बागमती प्रदेश०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अडकंदा बसमा सवार चालक सहित ४० जना मध्ये १९ जना घाईते भई उपचारको लागि भरतपुर तर्फ पठाईएको छ।

पुरानो मेडिकल कलेजमा उपचार भई रहेको घाईतेहरुः

१-भारत सिलगुडी बस्ने बर्ष ६० की कमला सुब्बा।
२-भारत सिलगुडी बस्ने बर्ष ४४ की लक्की सुब्बा,मध्यम ,।
३- मोरङ हरैचा न.पा.३ बस्ने बर्ष २३ को सुसान्त सुब्बा,सामान्य ।
४-मोरङ हरैचा ८ बस्ने बर्ष ३४ की सुनिता लामीछाने, सामान्य ।
५-सुनसरी बस्ने बर्ष ४० की संगिता मगर,सामान्य ।
६-झापा मेची न.पा.११ बस्ने बर्ष ३२ की सुमिमा राई, मध्यम ।
७-भक्तपुर भक्तपुर म.न.पा.१ बस्ने बर्ष ३० को मिलन तामाङ,सामान्य ।
८-ललितपुर गोदावरी न.पा.७ बस्ने बर्ष २७ को सुमन लामा,सामान्य ।
९-भोजपुर अरुण गा.पा.१ बस्ने बर्ष २९ को नन्द बहादुर पाण्डे, सामान्य ।
१०-भोजपुर बस्ने बर्ष १९ को लिला बहादुर पाण्डे, सामान्य ।

भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको घाईतेहरुः

१-सहचालक सर्लाही लालबन्दी न.पा.१० बस्ने बर्ष ३६ को बिक्रम मगर, सामान्य ।
२-कन्टेक्टर धादिङ निकण्ठ ७ बस्ने बर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सामान्य
३-सुनसरी रक्तमाला न.पा.५ बस्ने बर्ष २९ की मनिका राई, सामान्य ।
४-मोरङ हरैचा न.पा.५ बस्ने बर्ष २५ की कल्पना राई, सामान्य ।
५-मोरङ हरैचा बस्ने बर्ष २५ की सपना राई, सामान्य ।
६-धनकुटा सहिदभुमी गा.पा.४ बस्ने बर्ष ३८ की बिश्वलक्ष्मी राई, सामान्य ।
७-निजकै छोरी बर्ष ४ की दिब्या राई, मध्यम ।
८-बस चालक मकवानपुर हेटौंडा उ.म.न.पा.-२ बस्ने बर्ष ३७ को बादल कुमार

१- धादिङ रुबीभ्याली गा.पा.४ बस्ने बर्ष ३२ को दिपक तामाङ सामान्य अबस्थामा उपचारको लागि काठमाडौ लगिएको छ।

  • प्रकाशित मिति : असार २९, २०८०, शुक्रवार ०७:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८