[ फाेटाे : फाइल ]
असार २०,२०८०
संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्यको विषयले अहिले सत्ता गठबन्धन मात्र होइन, पूरै राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।केन्द्रदेखि सबै प्रदेशका सरकारबाट हात धुनुपरेपछि एमालेका लागि कांग्रेससँगको सहकार्य मात्रै उपयुक्त विकल्पका रूपमा देखिएको छ । वर्तमान अवस्थामा एमाले सरकारमा जाने सम्भावना कांग्रेससँगको सहकार्यबाट मात्र सम्भव छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँगको सत्ता सहकार्य गर्ने कुनै मनशाय नरहेको भने पनि प्रधानमन्त्री प्रचण्ड अझै पनि ढुक्क हुन सकेका छैनन् ।राजनीतिमा स्थायी शत्रु र केही असंभव नहुने भन्ने भनाईलाई बल पुग्ने गरी नेपाली कांग्रेस र नेकपा एमाले नजिकिन थालेको चर्चा चल्न थालेको छ। दुबैतर्फका कतिपय नेताले ‘त्यसतर्फ घुमाउरो संकेत पनि गरेका छन्।
आफूलाई सुरक्षित राख्न पनि कांग्रेसले एमालेसँग नजिकिन खोजेको हुन सक्ने राजनीतिक विश्लेषकहरुको भनाईछ ।
कांग्रेसका सभापति देउवा उपचारका लागि सिंगापुरमा रहेका बेला नेपालमा कांग्रेस र एमालेका दोस्रो तहका नेताबीच सत्तासहकार्यबारे घनीभूत छलफल भएको समाचार बाहिरिएको थियो । कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिने भनेर भाषण गरेका थिए ।गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो होइन ।
गगनको भनाइलाई नै बल पुग्ने गरी नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले पनि केहिदिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन तयारी गरिरहेको दाबी गरेका थिए ।गगनको भाषणबाट सशंकित बनेका प्रधानमन्त्री प्रचण्डलगायत सत्ता गठबन्धनमा रहेका यसबारे जिज्ञासा राख्दा देउवाले एमालेसँगको सत्ता सहकार्य गर्ने कुनै मनशाय नरहेको भनेर जवाफ दिए ।
अहिले एमालेबाट सरकारको नेतृत्व गर्न प्रस्ताव आए पनि कांग्रेसका नेताहरू पत्याइहाल्ने मनस्थितिमा छैनन् ।
एमालेका केही नेताले देशको आर्थिक अवस्था सुधार गर्नका लागि कांग्रेस–एमाले मिल्नुको विकल्प नरहेको बताउँदै आएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८