असार १२,२०८०
ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेका ३ जना रिहा भएका छन् । स्टे अर्डर लिएका ३ जनालाई रिहा गरिएको हो ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।
उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने सीआईबीका प्रवक्ता ९एसपी० नवराज अधिकारीले बताए ।
सरकारी लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८