• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

‘एमाले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दै’

  • खबरदाता

‘एमाले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दै’

असार ११, २०८०

 

 

राजनीतिमा स्थायी शत्रु र केही असंभव नहुने भन्ने भनाईलाई बल पुग्ने गरी नेपाली कांग्रेस र नेकपा एमाले नजिकिन थालेको चर्चा चल्न थालेको छ। दुबैतर्फका कतिपय नेताले ‘त्यसतर्फ घुमाउरो संकेत पनि गरेका छन्।नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको ठोकुवाले कांग्रेस–एमाले निकै अगाडि बढिसकेका हुन् कि भन्ने शंकामै बल पुर्याउँछ। अध्यक्ष नेपालले सरकार परिवर्तनको चलखेल भइरहेको र कांग्रेस–एमाले नजिकिएको दाबी गरे।

नेता नेपालले कांग्रेसकै कारण उनी र उनी नेतृत्व दलको राजनीतिक ‘स्पेश’ बँचेको अवस्थामा कांग्रेसलाई नै ‘दलाल पुँजीवादी’ भनेका छन्। कांग्रेसले चुनावी गठबन्धनमा नअटाएको भए आफू कहाँ भइन्थ्यो भन्ने हेक्कासमेत नराखी माधव नेपालले कांग्रेसप्रति टिप्पणी गरेका छन्।सत्तामै रहेका दलहरुले कांग्रेसलाई बाहिर राखेर समाजवादी मोर्चा गठन गरेपछि कांग्रेस पनि उनीहरुसँग झस्किएको छ । आफूलाई सुरक्षित राख्न पनि कांग्रेसले एमालेसँग नजिकिन खोजेको हुन सक्ने राजनीतिक विश्लेषकहरुको भनाईछ ।

सत्ता स्वार्थ र नेकपामा आएको शक्ति सुन्तुलनको फेरबदलका कारण केपी ओलीले दुई–दुईपटक संसद विघटन गरे। परिणामतः यिनै माधव नेपालहरु सडक संघर्ष हुँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग्दै सर्वोच्च अदालत गए। अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि दियो।हिजो कम्युनिष्ट पार्टीकै प्रधानमन्त्री ओली हुँदा सरकार ढाल्न संसदीय मूल्य–मान्यताबाहिर गएर देउवालाई बोकेका माधव नेपाल आज उनै देउवालाई पुँजीवादी दलाल देख्दैछन्। २०७४ को निर्वाचन लगत्तै एमाले र माओवादी मिलेर नेकपा बनेपछि केपी ओली नेतृत्वको सरकार झण्डै दुईतिहाईको थियो।

  • प्रकाशित मिति : असार ११, २०८०, सोमवार ०६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८