• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माईक्रो र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

  • खबरदाता

माईक्रो र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

असार १०,२०८०

 

माइक्रो र मोटरसाइकल ठक्कर खाँदा चितवनमा एक जनाको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार आइतबार दिउँसो १:५५ बजेको समयमा ईच्छाकामना – ४ केवलकार स्थित पृथ्वी राजमार्गमा बुटवलबाट काठामाडौ तर्फ जादै गरेको बा३ख ९४६० नम्बरको माईक्रो र बिपरित दिशा तर्फ आउदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए।

उक्त दुर्घटनामा मोटरसाइकल चालक कन्चनजंगा नगरपालिका १ रुपन्देही बस्ने बर्ष ३६ को हेमन्त कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असार १०, २०८०, आइतवार १५:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८