जेठ २२,२०८०
मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर १९ घर भएका बर्ष २७ का सन्तोष गुरुङ रहेका छन।
प्रहरीले जनाए अनुसार आइतबार साँझ ६:२५ बजेको समयमा चितवनको भरतपुर ५ कल्याणपुर नजिकै भित्री सडक खण्डमा सुकुम्वासीटोलबाट कल्याणपुर तर्फ आउँदै गरेको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो।
गुरुङको उपचारका क्रममा सोमबार बिहान २:४५ बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८