जेठ १७,२०८०
चितवनको राप्तीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ।
ज्यान जानेमा राप्ती नगरपालिका ४ बस्ने बर्ष ६५ का हरि पाण्डे रहेका छन।
प्रहरीका अनुसार मंगलबार राती ९:४५ बजेको समयमा राप्ती ४ स्थिति मार्तल पुल नजिकै पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा.प्र. ०३-००१ ख १८६३ न. को ट्रकले साईकल यात्री पाण्डेलाई ठक्कर दिएको हो।
निजको टाउको,अनुहार,हात खुट्टामा चोट लागि उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएकोमा राती १०: ३० बजे मृत्यु भएको थियो।
ठक्कर दिने ट्रक र ट्रक चालक जिल्ला मकवानपुर हेटौडा ९ बस्ने बर्ष २५ को दिपेश अधिकारी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८