• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

यी ३ वस्तु र सेवामा विलासी कर लाग्ने, कति लाग्छ ?

  • खबरदाता

यी ३ वस्तु र सेवामा विलासी कर लाग्ने, कति लाग्छ ?

जेठ १५, २०८०

 

सरकारले नेपालमा उपभोग हुने ३ प्रकारका वस्तुमा विलासी कर लगाउने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न जारी गरेको आर्थिक विधेयकमा आयातित मदिरा, पाँचतारे वा सोभन्दा माथिको होटलको रिसोर्टको सेवा र १० लाख माथिको गरगहनामा विलासी कर लाग्ने व्यवस्था गरेको हो ।

आर्थिक ऐनको दफा २१ मा विलासीकर सम्बन्धी व्यवस्था गरिएको छ । जसमा पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टको सेवा, आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना खरिद गर्दा खरिद रकममा २ प्रतिशत विलासी कर लाग्ने व्यवस्था गरिएको छ ।

  • प्रकाशित मिति : जेठ १५, २०८०, सोमवार २१:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८