जेष्ठ, ४, २०८० / टिकादत्त तिमिल्सिना
चालु आर्थिक बर्ष ०७९, ८० मा यातायात व्यवस्था कार्यालय,चितवनको दश महिनामा ७१ करोड बढी राजश्व संकलन भएको छ । चालु आवको साउन देखि बैशाख महिनासम्म कार्यालयमा ७१ करोड ७ लाख ८० हजार ३७ रुपैंया संकलन भएको हो ।
कार्यालयले अन्य प्रशासनिक सेवा शुल्क २८ हजार रुपैंया, यातायातको क्षेत्रको आम्दानी , प्रशासनिक दण्ड, जरीवाना , जफत , बेरुजु, सवारी साधन कर, चालक अनुमति पत्र , सवारी दर्ता किताब सम्बन्धी दस्तुर बाट आम्दानी गर्दै आएको छ ।
जसअनुसार सबैभन्दा बढी कर सवारीसाधन करबाट ५९ करोड ३४ लाख ७५ हजार ४०९ रुपैंया र सबैभन्दा कम बेरुजु शिर्षकबाट ४ हजार ४०० रुपैंया आम्दानी भएको छ ।
यस्तै यातायात क्षेत्रको आम्दानीबाट ४ करोड १६ लाख ८७ हजार ४०६ रुपैंया, अन्य प्रशासनिक सेवा शुल्क शिर्षकबाट २८हजार रुपैंया र चालक अनुमति पत्र , सवारी दर्ता किताब सम्बन्धी नवीकरण दस्तुरबाट ७ करोड ५१ लाख ५६ हजार ४५२ रुपैंया संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख काली बहादुर भुजेलले कार्यालयमा सबै सेवा प्रवाह गरेसंँगै राजश्व संकलनमा पनि बृद्धि हुंँदै गएको बताए । ‘अहिले कार्यालयमा चालक अनुमति पत्र लिने सेवाग्राहीको चाप बढेसंँगै अन्य सेवा लिने ग्राहक पनि बढेका छन , यसले गर्दा राजश्व संकलन पनि बृद्धि हुंँदै गएको छ ।’ भुजेलले भने, सवारीसाधनको सवारीको संख्या बढेसंँगै आम्दानी पनि बढ्छ ।’
अघिल्लो बर्षका तुलनामा सबै शिर्षकमा समग्र रुपमा राजश्व संकलनमा बृद्धि हुंँदै गएको उनको भनाई छ । बागमती प्रदेशका कुनैपनि जिल्लाका सवारीधनीले यहांँ कर, दस्तुर बुझाउन सक्छन भने, चितवन बसाई सराई गर्ने सवारी धनीले कर बुझाउन सक्छन । कार्यालयले चालु आबको असार मसान्तसम्म ८० करोड रुपैंया सम्म कर संकलन गर्ने प्रक्षेपण गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८