जेठ १४, २०८०
राजनीतिक दलहरु भ्रष्टाचारका विषयमा आरोप प्रत्यारोपमा उत्रिरहँदा पूर्व राजा ज्ञानेन्द्र शाह भने अहिले नागरिक अभिनन्दनको नाममा देशका विभिन्न ठाउँमा पुगेका छन् ।
उनलाई नागरिक अभिनन्दन जनमत बटुल्ने राम्रो अवसर बसेको छ । राजनीतिक दलहरुको पछिल्ला गतिविधि नियालिरहेका पूर्व राजा शाहले लोकतान्त्रिक व्यवस्थालाई अंकित गर्दै त्यसको विकल्प खोजी गरिनुपर्ने बताएका छन् ।कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजाकालमा भएको विकासको अहिले स्तोरोन्नति समेत नभएको औल्याए। उनले भने, जनता पनि अहिलेको व्यवस्थाबाट सन्तुष्ट छैनन्।
देशको भलो चिताएर जनताको हितमा काम गर्नका लागि सबैको राष्ट्रिय दायित्व हो। एक आपसमा अन्तरद्वन्द्व गरेर कसैलाई हित हुँदैन। यो दायित्वमा निरन्तर, व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति हो।उनले जनतन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकाद जेजे शब्द भनेपनि मुल कुरा देश, जनता, समाज समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान भएको बताए।
उनले जनतालाई केन्द्रमा राखेर सुशासन र विकास गर्नुपर्नेमा जोड दिए। दुई दशक लामो समय गुमाएर अभ्यास गर्दै आएको शासन प्रशासन सही भएको छ र ? भनि प्रश्न गर्दै आज कुरा धेरै काम कम भएको उल्लेख गरे। जनताले रोजेको, खोजेको, सोचेको अनुसार जब हुँदैन तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ टिकाउ हुँदैन,पूर्व राजा शाहको भनाई थियो। उनले अबको विधि र व्यवस्था अगाल्ने भन्ने विषयमा सोच्नैपर्ने बेला आएको बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८