• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नक्कली शरणार्थी प्रकरण : लक्ष्मी महर्जन पक्राउ

  • खबरदाता

नक्कली शरणार्थी प्रकरण : लक्ष्मी महर्जन पक्राउ

जेठ १२, २०८०

 

 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले १७ औं आरोपी लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको एसपी सीताराम रिजालले बताए।उनी यो घटनाका एक जना आरोपी केशव तुलाधरकी श्रीमती हुन् ।

उनको नामको खातामा पीडितहरुबाट उठाइएको रकम आएको देखिएपछि उनलाई प्रहरीले प्रतिवादी बनाएको थियो ।

प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

किर्ते, संगठित ठगी र राज्यविरुद्धको कसूरमा मुद्दा चलाइएकाहरु विरुद्ध जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयान जारी छ ।

  • प्रकाशित मिति : जेठ १२, २०८०, शुक्रवार २०:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८