• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

नवनियुक्त एक मन्त्री र राज्यमन्त्रीको आज शपथग्रहण

  • खबरदाता

नवनियुक्त एक मन्त्री र राज्यमन्त्रीको आज शपथग्रहण

 

नवनियुक्त एक मन्त्री र एक राज्य मन्त्रीको आज शपथ ग्रहण हुँदैछ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन्। यस्तै शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा भने प्रमिला कुमारी नियुक्त भएकी छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई वन तथा वातावरण मन्त्रालयको मन्त्रीमा र प्रमिला कुमारीलाई विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनीहरुको शपथ ग्रहण विहान १० बजे शितल निवासमा गराइने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९०) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

११औं पटकको विस्तारसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। योसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन्।

२०७९ पुस १० गते दाहाल प्रधानमन्त्री बनेपछि ११ पटक मन्त्रिपरिषद् विस्तार भएको हो।

  • प्रकाशित मिति : जेठ १०, २०८०, बुधवार ०८:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८