• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

विश्वकप छ्नोट : नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

  • खबरदाता

विश्वकप छ्नोट : नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

जेठ ९,२०८०

 

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अर्को महिनादेखि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह (ए) मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ ।

नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ ।

प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

यस्तै, प्रतियोगिताको समूह (ए) मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् । प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् ।

छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार २२ सदस्यीय टिमको घोषणा गरेको थियो ।

 

  • प्रकाशित मिति : जेठ ९, २०८०, मंगलवार १६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८