• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कोशी , बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

  • खबरदाता

कोशी , बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

जेठ ९,२०८०

 

देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागमा वर्ष भइरहेको मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए। उनका अनुसार बाँकी भू-भागमा पनि बदलीको अवस्था छ।

‘दिउँसोपख देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’ उनले भने, ‘कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’

उनले कोशी प्रदेशको तराई र मधेश केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको उनले बताए।

‘अब तीन दिन यस्तै मौसम रहन्छ। प्रिमनसुन चलिरहेकाले यस्तो बेला सामान्यतया पनि बदलीकै अवस्था रहन्छ,’ उनले भने।

  • प्रकाशित मिति : जेठ ९, २०८०, मंगलवार ०६:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८