बैशाख २८, २०८०
कोरोना भाइरसको सङ्क्रमण दर घटेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको बताए।
‘भारतमा पनि सङ्क्रमण घट्न थाल्यो। नेपालमा खोपको प्रभाव देखियो,’ उनले भने, ‘समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण सर्न पाएन। त्यसैले सङ्क्रमण दर घटिरहेको छ।’
विगत एक हप्ताको तथ्याङ्कले पनि कोरोना भाइरसको सङ्क्रमणदर घटेको पुष्टि गर्छ।
वैशाख २१ गते ४३ जना, २२ गते १७ जना, २३ गते ७६ जना, २४ गते ३२ जना, २५ गते ५७ जना र २६ गते ५१ जनामा सङ्क्रमण देखिएको थियो।
अहिलेसम्म एक सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन्।
यस्तै १४ जना आइसोलेशन, पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
गत चैतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेपछि सङ्क्रमण बढेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८