• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा

  • खबरदाता

उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा

वैशाख १९,२०८०

 

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् ।

उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।

राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए । उनको उपचारमा सरकारी ढुकुटीको रकम खर्च हुन नहुने भन्दै कांग्रेस महामन्त्री गगन थापाले समेत जोड दिएका थिए।

  • प्रकाशित मिति : वैशाख १९, २०८०, मंगलवार १३:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८