बैशाख १०,२०८०
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।
मध्यविन्दु नगरपालिकाको बा २ झ २३१२ नम्बरको गाडीको ठक्करबाट बालक आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए।
दुर्घटनापछि सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको लामिछानेले बताए।
मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८