• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिरामी लिन भरतपुर आउन लागेको हेलिकप्टर ह्याम्स अस्पतालको हेलिप्याडमै दुर्घटना

  • खबरदाता

बिरामी लिन भरतपुर आउन लागेको हेलिकप्टर ह्याम्स अस्पतालको हेलिप्याडमै दुर्घटना

चैत २५,२०७९

 

धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलीप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरको टेल रोटर (पुच्छरको पंखा) मा क्षति पुगेको छ ।

एयर डाइनास्टीका एक प्रबन्धकका अनुसार एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टर ह्याम्स अस्पतालका चिकित्सकसहित उपकरण राखेर बिरामीलाई लिन भरतपुर जाने तयारीमा थियो । तर अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा टेल रोटरमा क्षति पुगेपछि उक्त हेलिकोप्टर तत्कालका लागि मर्मत गर्नुपर्ने भएको बताइएको छ ।

भरतपुरका बिरामीलाई लिनका लागि अर्को कम्पनीको हेलिकोप्टर पठाइएको ती प्रबन्धकले बताए ।

शनिबार दिउँसो २ बजेको यस घटनामा मानवीय क्षति भने भएको छैन । उक्त हेलिकोप्टर हाल अस्पतालको हेलिप्याडमै राखिएको छ ।

  • प्रकाशित मिति : चैत २५, २०७९, शनिवार १६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८