चैत २५,२०७९
चितवन – काठमाडौंका मेयर बालेन शाहले फुटपाथ मिचेर बनाइएका संरचना तत्काल हटाउन भन्दै नेपाल प्रहरी चेतावनी दिएका छन।
सनिवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै कानुन कसैका लागि फरक नहुने भएकाले नेपाल प्रहरीले सडकपेटीमा रहेका आफ्ना टहरा तत्काल हटाउनु पर्ने उनले बताएका हुन।
नेपाल प्रहरीले सडक मिचेर बनाइएका १९ स्थानको तस्बिर फेसबुक पेजमा राख्दै उक्त संरचना नेपाल प्रहरीले आफै नहटाए कानुनी उपचार खोज्ने चेतावनी समेत उनले दिएका छन।
फेसबुकमा बालेनले लेखेका छन:
फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।
कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ । राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ ।
कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८