चैत २४, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले तीन महिनाको अवधिमा दोस्रोपटक न्यूनतम साझा कार्यक्रम ल्याएको छ ।
यसअघि प्रधानमन्त्री दाहालले पहिलोपटक विश्वासको मत लिनुभन्दा अघिल्लो दिन अर्थात् पुस २५ मा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो । गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई छेऊमा राखेर कार्यक्रम घोषणा गरेका थिए ।
यसपालि विश्वासको मत लिएको १७ दिनपछि उही दस्तावेजमा नयाँ हस्ताक्षर समेटेर दाहालले सार्वजनिक गरेका छन् । यसपालि दाहालको छेऊमा कांग्रेस सभापति शेरबहादुर देउवा बसेका भए पनि उनले एक शब्द बोलेनन् । ९ बुँदामा प्राथमिकता तोकिएको दस्तावेज सार्वजनिक गर्दा तत्कालै जनताले महसुस गर्ने कुनै कार्यक्रम उल्लेख गरिएको छैन भने सरकारले गम्भीरतासाथकुनै खास विषयमा जोड दिन खोजेको पनि देखिँदैन । यो दस्तावेज केवल एक कर्मकाण्ड पूरा गर्न मात्र ल्याइएको भन्ने स्पष्ट छ ।सत्ता गठबन्धनमा रहेका १० दलका तर्फबाट बिहीबार संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । गठबन्धनमा रहेका १० दलका शीर्ष नेताले कार्यक्रममै दस्तावेजमा हस्ताक्षर गरेका थिए । उनीहरु कार्यक्रम सार्वजनिक गर्दा पनि साथै थिए । कार्यक्रममा संविधानको रक्षादेखि अर्थतन्त्रको संरचनागत सुधार लगायत विभिन्न ९ वटा प्राथमिकता किटान गरिएको छ ।
न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्र सुधारका लागि २३ वटा कार्यक्रम तय गरिएका छन् । अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने, केन्द्रका अनावश्यक विभागहरु खारेज गर्ने, बजेट प्रणालीमा नीतिगत संरचनागत र कार्यगत पुनर्संरुचना गर्ने भनिएको छ । यस्तै ६ महिनाभित्र नागरिकता ऐन बनाउने, सबै सरकारी निकायको पुनर्संरचनालाई पूर्णता दिने, ६ महिनाभित्र प्रदेश प्रहरी समायोजन गर्ने, सम्पत्ति शुद्धीकरण निवारण विधेयक चालु अधिवेशनबाटै पारित गर्ने विषय प्राथमिकतामा परेका छन् ।सार्वजनिक खरिद ऐन ३ महिनाभित्र संशोधन गर्ने, सामाजिक सञ्जालमार्फत् गरिने विज्ञापनलाई करको दायरामा ल्याउने, सरकारी सेवामा लाग्ने समय एक तिहाइले घटाउने, राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट वितरण गर्ने भनिएको छ । ५० युनिटसम्म विजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत महसुल घटाउने, शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षभित्र पूरा गर्ने र भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने न्युनतम साझा कार्यक्रममा उल्लेख छ ।
पुस २५ र बिहिबार सार्वजनिक कार्यक्रममा त्यस्तो खास केही फरक छैन । पुस २५ र मंगलबार सार्वजनिक गरिएको दस्तावेजमा हस्ताक्षर गर्ने दलको नाम भने फरक छ । त्यतिखेर ७ दलका शिर्ष नेताले हस्ताक्षर गरेकामा यसपालि हस्ताक्षर गर्ने दल १० वटा छन् । र कतिपय दल फरक छन् । यसअघि पनि ५ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने भनिएको थियो । तर ३ महिनाको अवधिमा नागरिकता विधेयक ल्याउन कुनै काम भएको छैन । यस्तै मन्दीउन्मुख अर्थतन्त्रमा सुधारका लागि पनि कुनै कदम चालिएको छैन । परिणाममुखी काम गरेर जनतामा आशा जगाउने भन्दा पनि गठबन्धनमा आवद्ध दलको चित्त बुझाउनका लागि न्युनतम साझा कार्यक्रम ल्याइएको हो ।काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले तीन महिनाको अवधिमा दोस्रोपटक न्यूनतम साझा कार्यक्रम ल्याएको छ । यसअघि प्रधानमन्त्री दाहालले पहिलोपटक विश्वासको मत लिनुभन्दा अघिल्लो दिन अर्थात् पुस २५ मा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो । गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई छेऊमा राखेर कार्यक्रम घोषणा गरेका थिए ।
यसपालि विश्वासको मत लिएको १७ दिनपछि उही दस्तावेजमा नयाँ हस्ताक्षर समेटेर दाहालले सार्वजनिक गरेका छन् । यसपालि दाहालको छेऊमा कांग्रेस सभापति शेरबहादुर देउवा बसेका भए पनि उनले एक शब्द बोलेनन् । ९ बुँदामा प्राथमिकता तोकिएको दस्तावेज सार्वजनिक गर्दा तत्कालै जनताले महसुस गर्ने कुनै कार्यक्रम उल्लेख गरिएको छैन भने सरकारले गम्भीरतासाथ कुनै खास विषयमा जोड दिन खोजेको पनि देखिँदैन । यो दस्तावेज केवल एक कर्मकाण्ड पूरा गर्न मात्र ल्याइएको भन्ने स्पष्ट छ ।सत्ता गठबन्धनमा रहेका १० दलका तर्फबाट बिहीबार संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । गठबन्धनमा रहेका १० दलका शीर्ष नेताले कार्यक्रममै दस्तावेजमा हस्ताक्षर गरेका थिए । उनीहरु कार्यक्रम सार्वजनिक गर्दा पनि साथै थिए । कार्यक्रममा संविधानको रक्षादेखि अर्थतन्त्रको संरचनागत सुधार लगायत विभिन्न ९ वटा प्राथमिकता किटान गरिएको छ ।
न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्र सुधारका लागि २३ वटा कार्यक्रम तय गरिएका छन् । अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने, केन्द्रका अनावश्यक विभागहरु खारेज गर्ने, बजेट प्रणालीमा नीतिगत संरचनागत र कार्यगत पुनर्संरुचना गर्ने भनिएको छ । यस्तै ६ महिनाभित्र नागरिकता ऐन बनाउने, सबै सरकारी निकायको पुनर्संरचनालाई पूर्णता दिने, ६ महिनाभित्र प्रदेश प्रहरी समायोजन गर्ने, सम्पत्ति शुद्धीकरण निवारण विधेयक चालु अधिवेशनबाटै पारित गर्ने विषय प्राथमिकतामा परेका छन् ।सार्वजनिक खरिद ऐन ३ महिनाभित्र संशोधन गर्ने, सामाजिक सञ्जालमार्फत् गरिने विज्ञापनलाई करको दायरामा ल्याउने, सरकारी सेवामा लाग्ने समय एक तिहाइले घटाउने, राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट वितरण गर्ने भनिएको छ । ५० युनिटसम्म विजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत महसुल घटाउने, शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षभित्र पूरा गर्ने र भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने न्युनतम साझा कार्यक्रममा उल्लेख छ ।
पुस २५ र बिहिबार सार्वजनिक कार्यक्रममा त्यस्तो खास केही फरक छैन । पुस २५ र मंगलबार सार्वजनिक गरिएको दस्तावेजमा हस्ताक्षर गर्ने दलको नाम भने फरक छ । त्यतिखेर ७ दलका शिर्ष नेताले हस्ताक्षर गरेकामा यसपालि हस्ताक्षर गर्ने दल १० वटा छन् । र कतिपय दल फरक छन् । यसअघि पनि ५ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने भनिएको थियो । तर ३ महिनाको अवधिमा नागरिकता विधेयक ल्याउन कुनै काम भएको छैन । यस्तै मन्दीउन्मुख अर्थतन्त्रमा सुधारका लागि पनि कुनै कदम चालिएको छैन । परिणाममुखी काम गरेर जनतामा आशा जगाउने भन्दा पनि गठबन्धनमा आवद्ध दलको चित्त बुझाउनका लागि न्युनतम साझा कार्यक्रम ल्याइएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८