• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रवि लामिछाने विरुद्धको मुद्दामा कागजात झिकाउन आदेश 

  • खबरदाता

रवि लामिछाने विरुद्धको मुद्दामा कागजात झिकाउन आदेश 

चैत २२,२०७९

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले बुधबार कागजात झिकाउने आदेश दिएको रिट निवेदनक युवराज पौडेलले जानकारी दिए।

लामिछानेले झूटो विवरण पेश गरेर राहदानी निकालेको भन्दै प्रहरीमा उजुरी परेको थियो। गृहमन्त्री छँदासम्म उजुरीबारे अनुसन्धान नगरेको प्रहरीले नागरिकता केसमा पदमुक्त भएपछि मुद्दा नचलाउने अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझाएको थियो।

प्रहरीको अनुसन्धान प्रतिवेदनलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेको थियो। न्यायाधीश फुयाँलको इजलासले महान्यायाधिवक्ताको कार्यालय लगायत निकायलाई कारण देखाउ आदेश सहित कागजात झिकाउन भनेको हो।

लामिछाने आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार छन्। लामिछाने विरुद्ध जिल्ला निर्वाचन कार्यालयमा चार वटा उजुरी परेका छन्।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञघछज्ञडघ

  • प्रकाशित मिति : चैत २२, २०७९, बुधवार १७:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८