• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रत्ननगरमा बसले साईकल लाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • खबरदाता

रत्ननगरमा बसले साईकल लाई ठक्कर दिँदा एक जनाको मृत्यु

चैत २१,२०७९

 

चितवन – बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार मंगलबार बिहान १० बजेको समयमा रत्ननगर नगरपालिका १ बकुलर चोकमा भरतपुरबाट टाडी तर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साईकल लाई ठक्कर दिँदा सोहि स्थान बस्ने बर्ष ७५ का कुलप्रसाद पराजुली गम्भीर घाइते भएका थिए ।

घाईते पराजुलीको उपचारको क्रममा नयाँ मेडीकल कलेज भरतपुरमा १०:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र बस चालक मनहरी गाउँपालिका बस्ने वर्ष २४ को मिलन तामाङ प्रहरीको नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।

  • प्रकाशित मिति : चैत २१, २०७९, मंगलवार १२:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८