• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उपनिर्वाचनपछि उथलपुथलको संकेत, रवि झन् शक्तिशाली बन्ने

  • खबरदाता

उपनिर्वाचनपछि उथलपुथलको संकेत, रवि झन् शक्तिशाली बन्ने

चैत्र १७, २०७९

 

 

बिहीबार मन्त्रिपरिषद विस्तारको तयारी थियो । बुधबार नै मन्त्रालयको संख्यामा भागबण्डा गरेका दलहरुले भोलिपल्ट मन्त्रीको नाम भेला पारेर प्रधानमन्त्रीमार्फत् नियुक्तिको सिफारिस आउनेछ भन्ने शीतलनिवासको अनुमान थियो । तर दलहरुभित्र नयाँ प्रकारले रडाको मच्चियो । मन्त्रिपरिषद विस्तार नै रोकियो । तर चिया चौतारीदेखि सामाजिक सञ्जालहरुमा भने यस विषयलाई उछिन्ने गरी अर्कै विषयले चर्चा पायो । चर्चाको केन्द्रमा थिए( स्वर्णिम वाग्ले ।

नेपाली कांग्रेसको घोषणापत्र लेख्ने स्वर्णिम वाग्ले अब कांग्रेसमा रहेनन् । उनले कांग्रेस छाडेको घोषणा गरेका छन् र सँगसँगै कांग्रे नेतृत्वमाथि गम्भीर आरोप पनि लगाएका छन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ बाट निर्वाचन लड्ने करिब पक्का भएको छ । वाग्लेको यस निर्णयले कांग्रेसमा मात्र भूकम्प गएको छैन, राष्ट्रिय राजनीति नै गर्माएको छ ।

स्वर्णिम वाग्लेले कांग्रेस छाडेर यति ठूलो तरंग पैदा हुनुपर्ने अरू कुनै कारण छैन । स्वयं वाग्लेका कारण मात्र यो भएको पनि होइन । यो तरंग पैदा हुने खास कारण हुन् रवि लामिछाने र उनको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० । वाग्लेले कांग्रेस छाडेर रास्वपामा जाने र राष्ट्रपति रामचन्द्र पौडेलको चुनाव क्षेत्रमा गएर कांग्रेसविरुद्ध चुनाव लड्ने कुराले ने राजनीतिमा हलचल पैदा भएको हो ।

वाग्ले कांग्रेसमा एक पुलपुलिएका बौद्धिक थिए । उनलाई कांग्रेसमा अगाडि बढाउन वर्ल्ड बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र पश्चिमा शक्तिहरुले खुलेरै सहयोग गरेका थिए । होइन भने अन्तर्राष्ट्रिय संस्थामा जागिर खाइरहेकै अवस्थामा यता कांग्रेसको चुनावी अभियान चलाउने छूट पाउनु सामान्य कुरा थिएन ।

स्वर्णिमले छोटो समयमै राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्षको पद पाए । कांग्रेसबाट सांसदको टिकट पाउनुपर्ने लबिङ पनि चर्कै गरे । गगन थापाको प्रवक्ता बनेर हिँडे । हरेकपटकका सरकार परिवर्तनका बेला अर्थमन्त्रीका रुपमा चर्चा गरे र गर्न लगाए । यसले उनीभित्रको महत्त्वाकांक्षा बढ्दै गयो र त्यो महत्त्वाकांक्षा कांग्रेसले समेत थेग्न नसक्ने भयो । बढी भएको महत्त्वाकांक्षा पोखिने उपयुक्त अवसर यो उपचुनाव बनिदियो छ ।

अहिलेसम्म रवि लामिछानेको पार्टी अल्लारे युवाहरुको विचारविहीन झुन्ड भनेर समेत बौद्धिकवृत्तमा चर्चा हुन्थ्यो । वाग्लेको प्रवेशले त्यो खडेरी तोडिदिएको छ ।प्रकारान्तरले रविको पार्टी अबको नयाँ आकर्षण बन्ने देखिएको छ । रविले सरकारमा जान हतार गरे पनि अदालतले उनलाई चाँडै सत्ताच्युत गरिदिएर अर्को गुन लगाएको छ । वास्तविक परीक्षा नहुँदै सत्ताच्युत भएपछि उनले जनताको थप सहानुभूति पाएका छन् । यो उपनिर्वाचनमा चितवनबाहेकका क्षेत्रमा पनि रास्वपाले राम्रै स्थान पाउनेछ ।

उस्तै परे सत्ता गठबन्धनभित्रको किचलो र एमालेप्रतिको वितृष्णाको लाभ उठाउँदै रास्वपाले क्लिनस्विप गर्न बेर लाग्नेछैन । गएको निर्वाचनमा पनि धेरैतिर नपत्याएको खोलाले धेरै हस्तीहरुलाई बगाएकै हो ।उपनिर्वाचनपछि देशको राजनीति अझै गर्माउनेछ । रवि लामिछाने थप शक्तिशाली भएर संसद प्रवेश गर्नेछन् । एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेदेखि नै मध्यावधि निर्वाचनको तयारीमा लागिसकेका छन् । रविलाई हालको गठबन्धनले एकपछि अर्को घटनामा चिढ्याउने काम मात्र गरिरहेको छ । १० दलको हालको गठबन्धनको राजनीतिक धरातल निकै कमजोर छ । जुनसुकै बेला यो छिन्नभिन्न हुन सक्नेछ । त्यसैले उपनिर्वाचनपछि या त नयाँ बलियो गठबन्धन बन्नेछ, या त मध्यावधि निर्वाचनका लागि वातावरण बन्नेछ ।

नयाँ बलियो गठबन्धन बन्ने अवस्थामा एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछन् । लामिछाने प्रधानमन्त्री भएपछि धेरै परम्परागत शक्तिहरु बढारिनेछन् । नेपालका केजरिवाल बनेर रविले शासन गर्न थालेपछि स्वर्णिम वाग्ले अर्थमन्त्री बनेर हालका नम्बरी कांग्रेसी ठान्ने विश्व पौडेलहरुलाई खुच्चिङ भन्नेछन् ।

  • प्रकाशित मिति : चैत १७, २०७९, शुक्रवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८