• जेठ १३, २०८१, आइतवार Sunday, 26 May, 2024

बीमकले विदेशमा शाखा खोल्न पाउने

  • खबरदाता

बीमकले विदेशमा शाखा खोल्न पाउने

चैत्र १२,२०७९

 

नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेसँगै नेपाली बीमकले विदेशमा शाखा विस्तार गर्ने बाटो खुलेको छ । बीमा प्राधिकरणले बिहीवार जारी गरेको गरेको उक्त निर्देशिकाको दफा ११ मा बीमकले प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न गर्न सक्ने भनिएको छ ।

अब प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा पनि आफ्नो कार्यालय खोली व्यवासाय विस्तार गर्न पाउने भएका छन् । विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न बीमकले प्राधिकरणको साथै जुन मुलुकमा त्यस्तो कार्यालय स्थापना गरिने हो सो मुलुकको नियामक निकायले निर्धारण गरेको पूजी कायम गर्नुपर्ने हुन्छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

  • प्रकाशित मिति : चैत १२, २०७९, आइतवार ०७:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८