• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

चैत्र ११ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

  • खबरदाता

चैत्र ११ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

चैत्र ११,२०७९

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र ११ गते शनिबार तद्अनुसार सन् २०२३ मार्च २५ तारिख चैत्र शुक्ल पक्षको चतुर्थी तिथि भरणी नक्षत्र विषकुम्भ योग वणि करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५ मा र सूर्यास्त साँझ १८ः१७ बजे हुनेछ ।

आजको राशिफल

मेष – समय मिश्रित फल दिने खालको छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । तर खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अरूको भावनालाई कदर गर्ने प्रयास गर्नु हितकर होला । कमजोरी ढाकछोप नगरेकै बेस हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन शुभदायी र मनोरञ्जनपूर्ण रहला । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । रोकिएका काम पनि दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैको मन जित्न सकिएला । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । विशेष काममा जग बसाउने योजना छ भने आज शुरु गर्दा राम्रो होला । स्वास्थ्यप्रति सावधान रहनुहोला । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । तर सहयोगीजन नै प्रतिस्पर्धीका रूपमा देखा पर्न पनि सक्छन्, सचेत रहनुहोला । इष्टमित्र र सन्तान पक्षबाट भने सुख प्राप्त हुनेछ ।

कर्कट – आजको दिन विशेष सावधानीपूर्वक काम तथा व्यवहार गर्नुपर्ने देखिन्छ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ । कार्ययोजनाहरूबारे गोपनीयतामा ध्यान दिनुहोला । इख राख्नेहरूले गर्नेहरुले फसाउन सक्छन्, सावधानी अपनाउनु हितकर होला । सवारी साधन प्रयोग गर्नुहुन्छ भने आजको दिन विशेष सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन कुनै पनि काममा बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुन सक्छन् । खर्च बढ्ने योग छ, अनावश्यक खर्च गर्नबाट जोगिनु हितकर होला । विवादले मन खिन्न तुल्याउन सक्छ । तथापि, विभिन्न अवसर प्राप्त हुनेछन् । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नयाँ नोकरी खोज्नेलाई आज सफलता मिल्न सक्ने योग छ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – दिन राम्रै छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ, तथापि व्यवहारिक झमेला आइलाग्न सक्ने योग हुँदा सचेत रहनु हितकर होला । जोखिम बढ्नेछ र पनि अप्ठ्यारो परिस्थितिमा समेत आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – प्रेमभाव बढ्नेछ । काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । नयाँ व्यापार–व्यवसाय विस्तार हुनेछ । पुरुषार्थले प्रतिष्ठा दिलाउला । इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ ।

वृश्चिक – आजको दिन आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ । साथीभाइहरू टाढिन सक्छन्, सजग रहनु हितकर होला । साहस वृद्धि हुनेछ । मानवर्द्धक काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आज परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । आफ्ना विशेष योजना गोप्य राख्नुहेला । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ, सावधान रहनुहोला । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – व्यस्तता बढ्नेछ । ब्यापारबाट लाभ हुने समय छ । आज नयाँ कामको सुरुवात गर्दा भविष्यमा सुखद परिणाम देला । आज गरेका काम सामान्य भए पनि राम्रो आम्दानी हुने योग छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आरोग्यता बढ्नेछ । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आजको दिन कामकाजमा अवरोध हुने योग भएकोले हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । देखापरेको समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मीठो भोजन प्राप्त हुनेछ रहनुहुनेछ ।

मीन – आज मान र धनबल वृद्धि हुनेछ । आकस्मिक धनको लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । महत्वपूर्ण काममा सफलता मिल्नेछ । । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । पढाइलेखाइमा प्रगति हुने समय छ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

  • प्रकाशित मिति : चैत ११, २०७९, शनिवार ०६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८