चैत्र ४ , २०७९
सत्तासमीकरण फेरिएसँगै एकीकृत समाजवादीको बार्गेनिङ पावर बढेको छ । गत पुसमा एमाले र माओवादी सहकार्य हुँदा भित्तामा पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि शक्ति केन्द्रमा फर्किएका हुन् ।२५ फागुनमा भएको राष्ट्रपति र ३ चैतमा भएको उपराष्ट्रपति चुनावमा गठबन्धन फेरिएर एमाले एक्लिएपछि कांग्रेस नेतृत्वमा पूरानै गठबन्धन ब्यूतियो । त्यति मात्र होइन नयाँ गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति पनि आए ।
अब एमाले प्रतिपक्षको कित्तामा पुगेको छ भने कांग्रेस सहायात्री बनेको छ । सँगै एकीकृत समाजवादी पनि सत्तासीन हुँदैछ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चाँडै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उनकै भनाइमा १० चैतभित्र मन्त्रिपरिषद् विस्तार हुनेछ । अहिले उनी १६ मन्त्रालयको भार थामिरहेका छन् । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।
अब चुनाव सकियो । मन्त्रिपरिषद् विस्तार हुनेछ ।प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका बेला एकीकृत समाजवादी पनि बार्गेनिङमा लागेको छ । कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति लिएपछि एकीकृत समाजवादीले गृह मन्त्रालय ताकेको छ ।
उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्तिमा ३ मन्त्रालय लिएर आफूहरु सरकारमा जाने बताए । माओवादी केन्द्रले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको भन्दै उनले भने, ‘अब सरकारमा रोज्ने पालो हाम्रो छ । हामी रोजा मन्त्रालय, एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’गृहतर्फ संकेत गर्दै उनले रोजेको मन्त्रालय लिने र डेभलपमेन्ट र सर्भिस समेत गरेर ३ वटा मन्त्रालय लिएर सरकारमा जाने बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८