• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

  • खबरदाता

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

चैत्र २, २०७९

 

डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ।

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। नेपालले उक्त मेथडअनुसार ९ रनले युएईलाई पराजित गरेको हो।

यो जितसँगै आइसिसी विश्वकप लिग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोड्यो।

  • प्रकाशित मिति : चैत २, २०७९, बिहीवार १८:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८