फागुन २७, २०७९
गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ पाँच जना प्रहरी नायव महानिरिक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको शुक्रबार बसेको बढुवा समिति बैठकले पाँच उच्च प्रहरी अधिकृतको नाम सिफारिस गरेको हो ।
नेपाल प्रहरीका आड एआईजीमध्ये पाँच पद रिक्त थिए । सोही पदमा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
बढुवा सिफारिस हुनेहरूमा बसन्तबहादुर कुँवर पहिलो नम्बरमा छन् भने टेकप्रसाद राई दोश्रोमा । त्यसैगरी दीपक थापा तेश्रो नम्बरमा बढुवा सुचीमा छन् भने श्यामलाल ज्ञवाली चौथो र किरण बज्राचार्य पाँचौ नम्बरमा छन् ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह उमेर हदका कारण आगामी चैत्र ९ गतेबाट अनिवार्य अवकासमा जाँदै छन् । उनको अवकासपछि यसै समुहबाट नयाँ प्रहरी महानिरीक्षक बन्ने छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८