• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

अफ्रिकी देश युगाण्डाकी महिलालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ

  • खबरदाता

अफ्रिकी देश युगाण्डाकी महिलालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ

फागुन १९, २०७९

 

 

काठमाडौं। पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटलमा बस्दै आएकी युगाण्डाकी महिलालाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-२९ ठमेलस्थित होटेल जर्नी होममा बस्ने युगाण्डा मासाका घर भएकी २५ वर्षीया Natasha  भनिने Immaculate Nabasumba  लाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनले नेपालमा क्लीनर, वेट्रेस लगायतको काममा मासिक ५ सय अमेरिकी डलर कमाई हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिषालगायतको खर्च समेत कमाएर तिर्ने शर्तमा पीडितलाई नेपालमा बोलाई विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नुपर्ने, नत्र निज रल पीडितको परिवारलाई मारीदिने सम्मको धम्की दिँदै शारीरिक सम्पर्क गर्न बाध्य पारेको, पीडित महिला बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि होटलबाट निकालेको र युगाण्डा फर्कन लागेकी पीडितलाई टिकट रद्द गरी दिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अभियुक्त आफै यौन व्यवसायमा संलग्न हुँदै आएको, पीडित लगायत अन्य युगाण्डाका महिलाहरुलाई समेत नेपाल झिकाई यौन कार्यमा लगाउने गरेको, ठमेलका बिभिन्न नाईट क्लवहरुमा गई ग्राहकहरु खोजी ल्याउने र पीडितलाई बेश्यावृत्तिमा लगाई ग्राहकबाट प्राप्त रकम समेत आफैले लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • प्रकाशित मिति : फागुन १९, २०७९, शुक्रवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८