• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हनुमानढोकामा चीर ठड्याइयो, होली सुरु

  • खबरदाता

हनुमानढोकामा चीर ठड्याइयो, होली सुरु

फागुन  १५, २०७९

 

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ।

वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमवार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मान्ने गरिन्छ।

आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन्।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ।

चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताए। उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होलदी पर्व सुरु भएको मानिने बताए।

‘चीरको महत्व परापूर्वकालदेखि नै छ। असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ’, उनले भने, ‘यो ठड्याइसकेपछि विधिवत रुपमा होली सुरु हुन्छ। यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो।’

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ।

२२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ।

  • प्रकाशित मिति : फागुन १५, २०७९, सोमवार १४:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८