• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

कृषिजन्य वस्तुको आयात- निर्यात घट्यो

  • खबरदाता

कृषिजन्य वस्तुको आयात- निर्यात घट्यो

फागुन १४, २०७९

 

 

नेपालमा मुख्य कृषिजन्य वस्तुको आयातनिर्यात दुवै घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष को पहिलो ६ महीनामा कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घटेको छ । भारतले कृषि उपजको निर्यातमा कडाइ गरेको र केही वस्तुको आन्तरिक उत्पादन बढेकाले आयात घटेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले कृषि वस्तुको आयात र निर्यात दुवै घटेको जानकारी दिए । ठूलो मात्रामा आयात घट्नुको कारणबारे मन्त्रालयले छुट्टै अध्ययन गरिसकेको नभए पनि भारतले कृषि उपजको निर्यातमा गरेको कडाइका कारण र केही वस्तुको आन्तरिक उत्पादन विगतको तुलनामा बढेको हुनाले आयात घटेको उनले दाबी गरे । केही हदसम्म मूल्य पनि घटेकाले यस्तो अवस्था देखिएको उनले बताए ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार धानरचामल र मकैको आयात घटेको छ । गहुँको आयात सबैभन्दा धेरै घटेको छ । सञ्जेलका अनुसार भारतले गहुँ निर्यातमा रोक लगाउनाले त्यसको प्रत्यक्ष असर नेपालको आयातमा परेको हो । रूस–युक्रेन तनावका कारण भारतले आफ्नै मुलुकमा गहुँ अभाव हुने अनुमान गरेर यसको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

त्यसैगरी केरा र आलुको आयात पनि घटेको छ । अन्य कृषि उपजको आयात घटिरहँदा प्याज आयात भने बढेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

  • प्रकाशित मिति : फागुन १४, २०७९, आइतवार ०७:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८