• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अख्तियारलाई मन्त्रिपरिषद्का निर्णय खोतल्न किन नदिने ?

  • खबरदाता

अख्तियारलाई मन्त्रिपरिषद्का निर्णय खोतल्न किन नदिने ?

माघ २९, २०७९

 

काठमाडौँ। भ्रष्टाचार नियन्त्रणका लागि स्वायत्त निकाय हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आयोगले भ्रष्टाचारजन्य कार्यबारे अनुसन्धान गर्ने वा मुद्दा चलाउने अधिकार राख्दछ ।तर, यो निकायलाई सरकारी कर्मचारी वा पदाधिकारीविरुद्ध मुद्दा चलाउनेमै सीमित राखिएको छ । अर्थात् सबैभन्दा बढी चलखेल हुने मन्त्रिपरिषद्का निर्णयमाथि अनुसन्धान गर्ने अधिकार दिइएको छैन ।

त्यसबाहेक अनुचित कार्य, स्वार्थको द्वन्द्व, निजी तथा गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचारमाथि पनि अनुसन्धान गर्न दिइएको छैन ।यसले नीतिगत भ्रष्टाचारलाई बढावा दिइरहेको छ ।यसले गर्दा अख्तियारले प्रदेश मन्त्रिपरिषद, प्रदेश सभा र संघीय संसदमा हुने भ्रष्टाचारमा आँखा चिम्लने गरेको छ ।भ्रष्टाचारको छानबिनबाट उन्मुक्ति पाउन सामान्य प्रकृतिका प्रस्ताव पनि मन्त्रिपरिषद्‌मा लगेर निर्णय गराउने प्रवृत्ति बढेको भनी अख्तियारले केही वर्षयता आफ्नो प्रतिवेदनमा औंल्याउँदै आएको छ।आयोगले शनिबार मात्र आफ्नो ३२औं वार्षिकोत्सव मनाएको छ ।

संवैधानिक व्यवस्थाविपरितको कानुनी प्रावधान २०४८ सालदेखि निरन्तर प्रचलनमा रहेको र त्यसलाई खारेज गर्नेभन्दा संरक्षण दिएर राख्ने राज्यको रवैयाका कारण राजनैतिक र नीतिगत भ्रष्टाचार बढिरहेको पाइएको छ ।अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले पनि अख्तियारको क्षेत्राधिकार सार्वजनिक क्षेत्रमा मात्रै सीमित गरिएको प्रति असन्तुष्टि जनाए ।

उनले अनुचित कार्य, स्वार्थको द्वन्द्व, निजी तथा गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचारमाथि पनि अनुसन्धान गर्न पाउने गरी नीतिगत र कानुनी सुधार गर्न आग्रह गरेका छन् ।गत आव २०७८-७९ मा अख्तियारमा भ्रष्टाचारजन्य २४ हजार ३ सय ३१ वटा उजुरी परेका थिए ।

  • प्रकाशित मिति : माघ २९, २०७९, आइतवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८