• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

सेप्टिक ट्याङ्कीमा खसेको गैँडाको उद्धार

  • खबरदाता

सेप्टिक ट्याङ्कीमा खसेको गैँडाको उद्धार

माघ २८, २०७९

 

चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेप्टिक ट्याङ्कीबाट उद्धार गरिएको छ ।

आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टिक ट्याङ्कीमा खसेको थियो । शनिबार बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

 

स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिई गैँडाको उद्धार गरिएको उनले बताए । अन्दाजी १६ वर्षको सो गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । सो गैँडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैँडा सेफ्टीट्याङ्कीमा फसेको हो ।रासस

  • प्रकाशित मिति : माघ २८, २०७९, शनिवार १४:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८