माघ २२, २०७९
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको ल्होत्से हलमा पुगेर सांसद अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्। सत्तारुढ गठबन्धनका तर्फबाट उनको उम्मेदवारी परेको हो।
संसद् सचिवालयले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। माघ २३ गते बिहान ११ः५९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्षका लागि चुनाव हुनेछ।
अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ। सत्तारुढ सबै तलको समर्थन छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८