• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सांसद पक्राउको विरोधमा प्रदेश सभा बैठक अवरुद्ध

  • खबरदाता

सांसद पक्राउको विरोधमा प्रदेश सभा बैठक अवरुद्ध

माघ २०, २०७९

 

प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध पारेका छन्।

शुक्रबार प्रदेश सभाको बैठक शुरू हुने बित्तिकै उन्मुक्ति पार्टीका सांसदले विरोध जनाएका हुन्। उनीहरूले सांसद चौधरीलाई रिहा गर्न माग गर्दै नाराबाजी गरेका थिए।

सांसदहरूले नाराबाजी गरेपछि सभामुख वसन्त घर्तीले प्रदेश सभाको बैठक स्थगित गरेका छन्। केही समयका लागि बैठक स्थगन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सम्पत्तिमा आगजनीको मुद्दामा दोषी ठहर भएका सांसद चौधरीलाई माघ १९ गते बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो। उनलाई कैलाली कारागार चलान गरिएको छ।

 

  • प्रकाशित मिति : माघ २०, २०७९, शुक्रवार १५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८