माघ १९, २०७९
जुम्ला – जुम्ला खलंगामा रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्महत्याको प्रयास गरेका हुन ।
कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन । ४० वर्षीयका कार्कीले पेट्रोल खन्याएर आत्महत्याको प्रयास जुम्ला प्रहरीले जनाएको छ। कोलपुर नगरपालिका १० घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८