• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

माघ १७ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

  • खबरदाता

माघ १७ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

माघ १७, २०७९

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ १७ गते मंगलबार तद्अनुसार सन् २०२३ जनवरी ३१ तारिख माघ शुक्ल पक्षको दशमी तिथि रोहिणी नक्षत्र ब्रह्मा योग वणि करण आनन्दादियोगमा मातङ्ग योग चन्द्रमा वृष राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ बजे र सूर्यास्त साँझ १७ः४२ बजे हुनेछ । शल्य दशमी, बैतडी विश्वनाथ मन्दिरमा पूजा ।

आजको राशिफल

मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । धन वृद्धि हुनेछ । तथापि, आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । कार्य–व्यवहारमा गोपनीयतामा ध्यान पुर्याउनुहोला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमिले साथ दिनछन् । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आजको दिन आरोग्य बढ्नेछ भने अनुकूलतको अनुभूति होला । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुन सक्छ । विभिन्न भौतिक साधन संग्रह गर्ने योग पनि छ । नौलो प्रकृतिको काम शुभारम्भ हुन सक्छ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ । कुनै कार्यमा बलजफ्ती गर्दा चाहिँ हानि पुग्न सक्छ, याद राख्नुहोला । रसरागमा आकर्षण बढ्नेछ भने मनोकूलको काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – दिन राम्रो छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । नयाँ सम्भावना देखिन्छ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्य वृद्धि हुनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – आयबल बढ्नेछ । प्रेमपात्रसित भेटघाट हुने योग छ । आजको दिन दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्न सक्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ला । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – मिश्रित खालको दिन छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । यसका बाबजुद रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै फाइदा हुनेछ । ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । कर्मबल बढ्नेछ । शत्रुप्रति विजय प्राप्त होला ।

कन्या – दिन ठिकै खालको छ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्ने योग हुँदा विशेष सचेत रहनुपर्नेछ । कमजोर मानसिकताले पछि परिनेछ । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । कार्यक्षमता वृद्धि हुनेछ । विलासमा रुची बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – जोखिम बढ्ने योग भए पनि प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । कमजोरी लुकाउँदा पछि परिनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । आरोग्यता बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ ।

धनु – आजको दिन त्यत्ति सफलतादायी नरहन सक्छ । स्वास्थ्य पनि कमजोर बन्न सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । तथापि, देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – प्रेमभाव बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । दैनिकीमा परिवर्तन आउन सक्छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – पराक्रम तथा सामर्थ्य बढ्नेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – दिन राम्रो छ । आशा(उत्साह बढ्ला । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुने देखिन्छ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिष्पर्धीलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

  • प्रकाशित मिति : माघ १७, २०७९, मंगलवार ०६:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८