• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

जापानमा मालबाहक पानीजहाज दुर्घटना, एक जनाको मृत्यु

  • रासस

जापानमा मालबाहक पानीजहाज दुर्घटना, एक जनाको मृत्यु

माघ ११, २०७९

 

टोकियो – जापानको नागासाकी प्रान्तमा मालवाहक पानीजहाज पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन् ।

नागासाकीस्थित चिनियाँ महावाणिज्य दूतावासले बुधबार दिएको जानकारीअनुसार हङकङमा दर्ता भएको कार्गो जहाजमा १४ चिनियाँसहित र म्यानमारका आठ चालक दलका सदस्य थिए।

छ हजार हजार छसय ५१ टन क्षमताको जहाजमा २२ जना सवार थिए । जापानको तटरक्षक बलले डान्जो टापुबाट करिब ११० किलोमिटर पश्चिममा मङ्गलबार राति ११ः१५ बजे आपतकालीन फोन आएको जनाएको छ।

गस्ती डुङ्गा र विमानहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् र उनीहरू लाईफबोटमा तैरिरहेको हुनसक्ने आशा गरिएको छ। सामुद्रिक गार्डले भने डुबेको मालवाहक जहाजको आसपासमा शक्तिशाली हावाहुरीका कारण खोजी तथा उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ ।

चार जना चिनियाँ र एक जना म्यान्मारका गरी चालक दलका पाँच जना सदस्यलाई सकुशल उद्धार गरिएको महावाणिज्य दूतावासले जनाएको छ। म्यान्मारका चालक दलका एक सदस्यको मृत्यु भएको पुष्टि भएको छ भने अन्य सात जना बेहोस रहेका र उनीहरूको उपचार भइरहेको बताइएको छ।

  • प्रकाशित मिति : माघ ११, २०७९, बुधवार २०:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८