• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

  • एजेन्सि

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

माघ ११, २०७९

 

मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् ।

मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ भने उत्तरी बोर्नियो राज्य सबाह र पाहाङ राज्यमा पनि बाढीले गर्दा सामान्य जीवन प्रभावित भएको छ ।

सिंचाइ तथा ढल निकास विभागका अनुसार जोहोरका चार वटा नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि नागरिकलाई सावधानी अपनाउन भनिएको छ ।

मलेसियामा उत्तरपूर्वी मनसुनको प्रभाब सामान्यतया नोभेम्बरदेखि मार्चसम्म रहन्छ । मलेसियामा गत वर्ष पनि बाढकिा कारण हजारौँ मानिस प्रभावित बनेका थिए ।

  • प्रकाशित मिति : माघ ११, २०७९, बुधवार २०:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८