• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

भुकम्प जाँदा ढुंगा खसेर एक महिलाको मृत्यु , २५ बढी घर भत्किए

  • खबरदाता

भुकम्प जाँदा ढुंगा खसेर एक महिलाको मृत्यु , २५ बढी घर भत्किए

माघ १०, २०७९

 

मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरामा एक महिलाको ज्यान गएको प्रारम्भिक खवर छ । गौमुल गाउँपालिका वडा नम्बर २ स्थित स्थानीय जंगलमा घाँस काट्न गएकी महिलाको भूकम्प जाँदा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले भूकम्प जाँदा खसेको ढुंगा लागेर स्थानीय जमुना रोकायाको मृत्यु भएको स्थानीयले आफूलाई जानकारी दिएको बताए ।

प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पुग्न लागेको भन्दै उनले विस्तृत विवरण भने आउन बाँकी रहेको बताए । डीएसपी थापाले मंगलबार साँझ साढे ५ बजेसम्म २५ वटा भन्दा बढी घरहरु भत्किएको सूचना आएको बताए ।

मंगलबार दिउँसो मैला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

  • प्रकाशित मिति : माघ १०, २०७९, मंगलवार १९:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८