• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

पश्चिम नेपालबाट मौसमी प्रणाली भित्रियो, केही ठाउँमा पानी पर्ने

  • खबरदाता

पश्चिम नेपालबाट मौसमी प्रणाली भित्रियो, केही ठाउँमा पानी पर्ने

माघ १०, २०७९

 

पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा परेको हो ।

मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति र बुधबारसम्मै पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ । कर्णालीका हिमाली जिल्लामा भने बिहानैदेखि हिमपात भइरहेको छ ।

बिहीबार भने मौसम आंशिकदेखि समान्य बदली भए पनि वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।

मौसम बदली भइराखे पनि यसपटक हिउँद लागेदेखि नेपालमा पानी पर्न सकेको छैन ।

  • प्रकाशित मिति : माघ १०, २०७९, मंगलवार ०८:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८