• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

माघ १० गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

  • खबरदाता

माघ १० गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

माघ १०, २०७९

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १० गते मंगलबार तद्अनुसार सन् २०२३ जनवरी २४ तारिख माघ शुक्ल पक्षको तृतीया तिथि शतभिषा नक्षत्र वरियान योग तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः३६ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन शुभदायी छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । ज्यादा फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । यश वर्चश्व वृद्धि हुनेछ ।

वृष – दिन मिश्रित फलदायक रहला । सामर्थ्य बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । फुर्सदिलो भाव पैदा भइ आनन्द बढ्ला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । तथापि, आज परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनमा विवाद पर्न सक्ने हुँदा आज कारोबार नगरेकै राम्रो । इष्टमित्रको साथ प्राप्त हुनेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – आजको दिन सामान्य तवरले नै बित्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहे पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । काममा रोकावट र कममात्र फाइदा हुने समय छ, तर कार्यक्षमता भने वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – मिहेनतले रङ्ग देखाउने दिन छ । शत्रुमाथि विजय प्राप्त हुनेछ भने सुखानुभूति हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यवहारले धेरैको मन लोभ्याउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आज तपाईंमा प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता र सामर्थ्य बढ्ला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको योग रहेको छ । समय उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । खेलकुद तथा भ्रमण कार्यमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने दिन छ । कार्यमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहनेछ भने मनोकूलको काम बनेर मन प्रसन्न रहला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनका साथ दिन बित्नेछ ।

तुला – आज तपाईंमा प्रेमभाव पैदा भए पनि दिन त्यति सुखद् नरहन सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना बनाउनुभएको छ भने त्यसलाई गोप्य नै राख्नु हितकर हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउने र नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार(व्यवसायमा विशेष लाभ मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो नै रहनाले आइपर्न लागेको समस्या टरेर जाला ।

वृश्चिक – व्यस्तता वृद्धि हुने दिन छ । कर्ममा सफल साबित हुनुहुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यश वृद्धि हुनेछ ।

धनु – पराक्रम बढ्नेछ । कार्यक्षमता बढ्नेछ तापनि केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर हुनेछ । आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – आजको दिन आशा उत्साह बढ्ने देखिन्छ । रसराग तथा प्रेममा सफलता मिल्नेछ । मित्रताको बन्धन कसिएर जाला । परिवारजनसँग आत्मीयता बढ्नेछ । गल्तीबिनै आरोप लाग्न सक्ने र आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सचेत रहनुहोला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आरोग्य वृद्धि हुने समय भए पनि अन्य दृष्टिले दिन सुखदायी नरहला । प्रतिकूलताका कारण काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा पर्ने सम्भावना पनि रहेकोले सचेत रहनु आवश्यक छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। प्रतिकुलताका बाबजुद देखापरेको समस्याको समाधान खोज्नुहुनेछ ।

मीन – लगानी वृद्धि हुने तथा खर्च बढ्ने योग भए पनि भाग्यबल बढ्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । अरूलाई वचन दिने बानीले चाहिँ दुःख पाइनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : माघ १०, २०७९, मंगलवार ०७:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८