• माघ १७, २०७९, मंगलवार Tuesday, 31 January, 2023
centreal college

केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

  • एजेन्सि

केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

माघ ८, २०७९

 

केन्याको तटीय शहर किलिफीमा डुङ्गा डुब्दा चार जनाको मृत्युभएको छ । शक्तिशाली छालमा नियन्त्रण गुमेपछि हिन्दमहासागरमा उक्त दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

मिदिन्दी क्षेत्रका प्रहरीप्रमुख सोलमन ओडेरोका अनुसार वटामानु मरिन नेश्नल पार्कमा डल्फिन हेर्न हिँडेका पर्यटक उक्त डुङ्गामा सवार थिए । दुर्घटनाका बेला समान सङ्ख्यामा पर्यटक बोकेका डुङ्गामा मरिन नेश्नल पार्कतर्फ गइरहेका थिए । पच्चीस जना पर्यटकको उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल भर्ना गरिएको तथा ती मध्ये केहीलाई परीक्षणपछि फर्काइएको छ । अस्पतालमा रहेका सबैको अवस्था स्थिर छ ।

  • प्रकाशित मिति : माघ ८, २०७९, आइतवार २१:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८