• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गृहले लिखित निर्देश दिँदापनि पक्राउ परेनन एमाले सांसद कोइरी

  • खबरदाता

गृहले लिखित निर्देश दिँदापनि पक्राउ परेनन एमाले सांसद कोइरी

माघ ८,२०७९

 

 

गृह मन्त्रालयले लिखित निर्देश दिँदापनि एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

गृहमन्त्री रबि लामिछानेले कोइरीलाई पक्राउ गर्न दिएको मौखिक निर्देशन प्रहरीले बेवास्ता गतेपछि गृहले लिखित निर्देशन दिएको थियो।

मधेश आन्दोलनका क्रममा घाइते भएका सहस्त्र प्रहरीका असई थमन विकलाई अस्पताल लग्दै गर्दा एम्बुलेन्सबाट बाहिर निकालिएको थियो। एम्बुलेन्सबाट निकालेर हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो।

यसमा सांसद कोइरी विरुद्ध मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत, महोत्तरीले कोइरीलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर, पछि २०७७ मंसीरमा उच्च अदालत, जनकपुरले जिल्ला अदालतको आदेश उल्टाउँदै थुनामा राख्न आदेश दिएको थियो। तर, कोइरी अहिलेसम्म पक्राउ परेका छैनन्। प्रतिनिधि सभामा उस्थित भएर उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको दिएका थिए।

उनलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका थिए। तर, प्रहरीले गृहमन्त्री लामिछानेको निर्देशन नमानेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्।

प्रहरीले गृहमन्त्री लामिछानेको निर्देशन नमानेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई माघ ६ गते पत्राचार गरेको थियो।

  • प्रकाशित मिति : माघ ८, २०७९, आइतवार ०९:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८