• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु

  • एजेन्सि

हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु

माघ ७, २०७९

 

चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची सहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ।

खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५:३० मा सम्पन्न भएको थियो। उक्त हिमपहिरो मङ्गलबार साँझ ७:५० मा गएको थियो।

हिमपहिरोपछि काउन्टीलाई निङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए।

यस क्षेत्रका सडक कच्ची रहेको तथा भू-धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो।

  • प्रकाशित मिति : माघ ७, २०७९, शनिवार १५:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८