• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

सुदूरपश्चिमले जित्यो प्रधानमन्त्री कपको उपाधि

  • खबरदाता

सुदूरपश्चिमले जित्यो प्रधानमन्त्री कपको उपाधि

माघ ७,२०७९

 

 

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १९।५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले २७, डल्ली भट्टले २२, कविता जोशीले १९, कविता कुँवरले १२, रुबी पोद्दारले आठ र बिन्दू रावालले सात रन बनाइन्। प्रदेश १ का लागि शवनम राई, रुविना क्षेत्री, संगीता राई र हिराणमायी रोयले एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले पाँच विकेटको क्षतिमा १०१ रन बनाएको थियो। प्रदेश १ का लागि काँजल श्रेष्ठले ४८, अप्सरी बेगमले १५ र रुबिना क्षेत्रीले १४ रन बनाएकी थिइन्। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

  • प्रकाशित मिति : माघ ७, २०७९, शनिवार १५:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८