• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

  • खबरदाता

रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

माघ ६, २०७९

 


पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागू भएको छ । यस कार्यक्रममार्फत बागमती प्रदेशका नागरिकले स्वास्थ्यसम्बन्धी विभिन्न १७ किसिमका सेवा पाउने छन् ।

 

बागमती प्रदेशभित्र स्थायी बसोबास गरी नागरिकता भएका र ३० वर्ष उमेर नाघेका व्यक्तिले उक्त सेवा प्राप्त गर्ने छन् । कार्यक्रमअन्तर्गत प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन ज्ञवालीले जानकारी दिए। दिउँसो २ बजेदेखि ३ बजेसम्मको अवधिमा चिकित्सकलाई रिपोर्ट देखाउन सकिने उनले बताए। बिरामीको चाप हेरेर स्वास्थ्य परीक्षण गर्ने समय थप गर्ने अस्पतालको योजना छ।

 

पैसा अभावमा स्वास्थ्योपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले बागमती प्रदेश सरकारले उक्त कार्यक्रम ल्याएको हो । कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले अस्पताललाई ३० लाख बजेट छुट्याएको छ । नसर्ने रोग तथा जोखिम पहिचान गरी उचित परामर्शसहित उपचारमार्फत जटिल हुन नदिन तथा यस रोगलाई न्यूनीकरणतर्फ लैजान मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको हो।

 

यस कार्यक्रमअन्तर्गत बिरामीको नसर्ने रोगसम्बन्धी सम्पूर्ण शरीर जाँच, दमखोकीका लागि क्याट टेस्ट, तौला र पेटको मोटाइ, उच्च रक्तचाप, पिसाबको जाँच, दिसामा सुक्ष्म रगतको जाँच, रगत परीक्षण, रगतमा चिनीको जाँच, मिर्गौलाको जाँच, कलेजोको जाँच, लिपिड प्रोफाइल, फोक्सोको जाँच, युएसजी, भीआइए जाँच ९महिलाका लागि० र परामर्श सेवा दिइने अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ६, २०७९, शुक्रवार १०:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८