• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

राष्ट्रपतिको सपना देखेको कांग्रेस सभामुखमा पनि भिड्दै

  • खबरदाता

राष्ट्रपतिको सपना देखेको कांग्रेस सभामुखमा पनि भिड्दै

माघ ५, २०७९

 

 

प्रमुख प्रतिपक्षी भएर पनि २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा उम्मेदवार उठाउँदैछ ।सभामुखमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने भए पनि उनले चुनाव जित्ने सम्भावना छैन । यद्यपि, कांग्रेसले सत्ता गठन्धनको एक दल जनता समाजवादी पार्टीलाई समेत विपक्षी दलको बैठकमा सहभागी गराएको थियो ।गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका एमालेका नेता देवराज घिमिरे जित्ने निश्चित भएको छ ।

सभामुखका लागि आज चुनाव हुँदैछ । एमालेसँग ७९, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ र जनमत पार्टीसँग ६ सिट छ । यसमा जनता समाजवादी पार्टीको १२, नागरिक उन्मुक्ति पार्टीको ३ र स्वतन्त्र सांसदको मत पनि थपिन सक्छ ।कांग्रेसबाट सभामुख उम्मेदवार बनेकी न्यौपानलेलाई कांग्रेसका ७९ सांसद भए पनि एक जना टेकबहादुर गुरुङले मतदान गर्न पाउने छैनन् । एकीकृत समाजवादीका १० र लोसपाका ४ सांसदको उनलाई समर्थन छ ।

कांग्रेसले हार्ने चुनाव पनि लडिरहेको छ, यसको कारण हो आसन्न राष्ट्रपति चुनाव । सभामुख चयनका लागि प्रतिनिधिसभा सदस्य मात्र मतदाता हुन्छन् ।यसकारण कांग्रेसको लक्ष्य राष्ट्रपति हो । राष्ट्रपतिको बार्गेनिङका लागि नै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय लिएका थिए ।त्यतिखेर प्रचण्डलाई विश्वासको मत दिन नहुने अडानमा रहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि यो आकलनलाई थप मजबुत बनाएका छन् ।बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै शर्माले भने, ‘राष्ट्रपति नेपाली कांग्रेले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्नुहुनेछ ।’कांग्रेसले राष्ट्रपति पाउन वर्तमान गठबन्धन भत्काउनुपर्ने हुन्छ । एमाले कांग्रेसको प्रस्तावप्रति सहमत छैन ।

त्यसका लागि माओवादीको साथ लिनुपर्ने हुन्छ ।कांग्रेस मुख्य सचेतक रमेश लेखक पनि राष्ट्रपति, उपराष्ट्रपतिबारे अन्य दलसँग छलफल गर्ने बताउँछन् । माओवादीले कांग्रेसलाई सघाएमा हालको गठबन्धन फेरि धरापमा पर्न सक्छ ।देउवाले माओवादीको साथ लिन खोज्नुको दुई कारण देखिन्छ । पहिलो त पद नै पाउन सकिन्छ नभए पनि गठबन्धन भत्काउन सकिन्छ । माओवादी र एमालेलाई अलगअलग गर्न सके मात्र जुनसुकै दलसँग मिलेर सरकार बनाउन सकिने ठम्याइ देउवाको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ तथा राष्ट्रियसभाका ५९ सहित ३ सय ३४ सांसद र प्रदेशसभाका ५ सय ५० गरी कुल ८ सय ८४ सांसदले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउँछन् । तर, संघीय सांसदले दिएको १ भोट बराबर ७९ र प्रदेशसभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुन्छ । यसरी प्रदेशसभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधिसभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा विजयी बन्ने प्रावधान छ ।

  • प्रकाशित मिति : माघ ५, २०७९, बिहीवार ०६:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८